

फागुन ३० । बझाङमा बुधबार भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
छबिस पाथीभेराको ब्याँसी थलाराबाट भाँडेबजारतर्फ जाँदै गरेको से१ज ६१५ नम्बरको जिप नेटारेल्यामाटी भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा छबिस पाथीभेरा गाउँपालिका–५ की ५२ बर्षीया सोनकोसा जाग्री र ४८ बर्षीया रुद्रा जाग्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
दुर्घटनामा २ जना घाईते पनि भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।