काठमाण्डौँ,३० फागुन,
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले पुराना नीतिहरुको कारण नेपालमा नयाँ उद्योग स्थापनामा समस्या भएको बताएका छन् । चेम्वर अफ कर्मसले आज काठमाण्डौँमा गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले लगानी सुरक्षित बनाउने काममा राज्यसरकार गम्भिर हुने बताए ।

उनले भने : “ हाम्रो देशमा किन लगानी सुरक्षित हुँदैन, किन उद्योगहरु पलाएन हुन्छन, सोचनिय विषय छ, हाम्रा पुराना उद्योग नीतिहरु परिवर्तन गर्न जरुरी छ । ”
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आफ्नै देशमा भएको श्रोत र साधनलाई भरपुर प्रयोग गरि स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र निर्यातमुखी ब्यवसायमा ध्यान दिनको लागि उद्योगपतिलाई आग्रह समेत गरे ।

नेपालमा यहाका मौलिक उद्योगहरुले विश्व बजारमा निर्यातमुलक सामग्री उत्पादन गर्न सक्ने भन्दै उनले नेपालको पर्यटन उद्योग निकै संभावना बोकेको उद्योग रहेको बताए ।