हेटौँडा,२९ फागुन,
हेटौंडा उपमहानगरपालिकामा झण्डै पाँच दर्जन कर्मचारीको दरबन्दी रित्त भएको छ । ठुलो संख्यामा दरबन्दि रिक्त हुँदा दैनिक काम चलाउनका लागि समेत समस्या भएको छ । साविककै स्थानीय निकायको हेटौंडा नगरपालिका हुँदाको ११ वडाकै अवस्थामा पनि ५५ जना कर्मचारीको दरबन्दी खाली हुँदा सबैखालका काम गर्न समस्या भएको हो ।

यही फागुन मसान्तबाट हेटौंडाका १९ वटै वडामा स्थानीय विकास मन्त्रालयले स्थानीय शाषन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी) अन्र्तगत २९ जना सामाजिक परिचारिकाको म्याद सकिएपछी झनै समस्या भएको छ । २९ जनाले यहाँका १९ वटा वडा कार्यालयमा वडा सचिव र वडाअध्यक्षलाई सहयोग पुग्नेगरि सबै खालका काम गरिरहेका थिए ।
यस कार्यक्रम अन्तरगत सरकारले गएको कार्तिक महिना देखि अवधि सकिएको थियो तर । कार्तिक देखि फागुन महिना सम्ममा उपमहानगरपालिकाले आफ्नो श्रोतबाट २९ जना सामाजिक परिचारिकालाई तलव खुवाएपनि अब भने बढी आर्थिक भार पर्ने र करार समेत गर्न नमिल्ने भएपछि वडा कार्यालयहरुको काममा थप समस्या भएको वडाअध्यक्षहरु बताउँछन् ।

प्राविधिक फाँट देखि प्रशासनिकफाँट सम्मका ५५ जना दरबन्दी नहनु र सरकारले अरु करारमा कर्मचारी राख्न समेत नदिएकाले तिब्र गतिमा काम अगाढी बढाउनका लागि थप समस्या भएको मेयर महतले बता
ए । कार्यालयको नक्सा फाँटमा कर्मचारी नेपाल सरकारले पनि नपठाउनु र अरु करारमा कर्मचारी पनि राख्न नपाएका कारण सबैभन्दा बढी समस्या भएको उनले बताए । आम नागरिकको घुईचो बढेपनि थप कर्मचारी नभएका कारण समस्या भएको हो । नागरिकको कामलाई चुस्त दुरुस्त र छिटो छरितो रुपमा सक्ने अभियान जारी राख्दा पनि कर्मचारी अभावका कारण झन समस्या बल्चmीएको भन्दै मेयर महतले भने –नेपाल सरकारले स्थानीय तहमा पर्याप्त कर्मचारी नदिएका कारणनै जनप्रतिनिधिहरु प्रति सेवा ग्राही रुष्ट हुन थालिसकेका छन् । विना सेवा सुविधा हामी जनप्रतिनिधि त खटिएकै छौ । तर कर्मचारी उपलब्ध नगराउँदा ठुलो समस्या सेवाग्राही सम्म पुगेको छ ।’

यस्तो छ रिक्त दरबन्दी
महाशाखा प्रमुख : एक
सिभील ईन्जिनियर : तीन जना
शाखा अधिकृत : ४ जना
बरिष्ठ सहायक :३ जना
, जुनियर मेकानिकल, आर्किटेक : एक
ईलेक्ट्रिकल ईन्जिनियर : एकजना
सहायक स्तरका कर्मचारी : ९ जना,
नगरप्रहरी : ४ जना
सफाई कर्मचारी : ५ जना
कार्यालय सहयोगी : ४ जना
बारुणयन्त्र हवलदार : ३ जना
नगर हवल्दार : ३ जना
भारी सवारी चालक : २ जना