file photo

फागुन २९,राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएका छन् । मंगलबार भएको राष्ट्रपती निर्वाचनमा भण्डारी तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।

 

भण्डारीको ३९ हजार २७५ मत भार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मत भार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

 

मंगलबारको मतदानमा १८ जना अनुपस्थित रहेका पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ । संघीय संसद्का तीन र प्रदेशका पाँच मत बदर भएको थियो ।