सुमन दाहाल हेटौँडा २९ फागुन,

मकवानपुरमा चालु आर्थिक वर्ष २०७४-७५ श्राबण देखि फागुन महिनाको २७ गतेसम्म आत्महत्या (विष सेवन गरेर मुत्यु हुने) र (झुण्डिएर मुत्यु हुनेको) सङ्ख्या  २९ पुगेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार मकवानपुरमा आत्महत्या घटनाले भयावह रुप लिँदै गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रहरी प्रवक्ता दिलिपराज झाले दिएको तथ्याङ्कमा गत श्राबणबाट हालसम्म २९ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ।

प्रहरीले दिएको जानकारी अनुसार गत श्रावढा महिनामा ४ जनाझुण्डिएर आत्महत्या गरेका छन् भने यस महिनामा विष सेवन गरेर आत्महत्या गर्ने सङ्ख्या रहेको छ।

यस्तै भदौ, झुण्डियर मुत्यु हुने सङ्ख्या १  रहेको छ । असोज झुण्डिएर मुत्यु हुने २ र विष सेवन गरेर आत्महत्या गर्ने ४  गरि ६ जनाले आत्महत्या गरेका छन् ।
कार्तिकमा झुण्डिएर मुत्यु हुने २ र विष सेवन गरेर आत्महत्या गर्ने २ गरि चार जना रहेका छन् ।
मंसिर झुण्डिएर मुत्यु हुने १ र विष सेवन गरेर आत्महत्या गर्ने ३ गरि ४ जनाले आत्महत्या गरेको प्रहरीको भनाई रहेको छ ।
पौषमा विष सेवन गरेर आत्महत्या गर्ने १ जना रहेको छ भने माघमा
झुण्डिएर २ तथा विष सेवन गरेर आत्महत्या गर्ने ३ गरि ५ जनाले आत्महत्या गरेका छन् । फागुनको आजसम्म झुण्इियर मुत्यु हुने १ र विष सेवन गरेर आत्महत्या गर्ने ३ गरि चार जनाले आत्महत्या गरेको उनले बताए ।

माथिको तथ्यांकलाई हेर्दा आत्महत्या गर्नेको घट्ने बढ्ने रहेको छ समग्रमा हेर्दा आठ महिना मा २९ सङ्ख्या जनाले आत्महत्या गरेको देखिन्छ्न ती आत्महत्या गर्नुको कारण यस्तो हुन सक्छन।

 आत्मबल कमजोर हुनु :
गरिवी,पारिवारिक कलह,प्रेममा असफलता,आर्थिक असफलता भुकम्प,बाढि,पहिरा दैवी प्रकोप डिप्रेसन,  आर्थिक भार, आफन्तको शोक, परिवारको मृत्यु,शिक्षाको ढिलाइ, असफलता र बेरोजगारी, अन्धविश्वास, जातीयता, चेतनाको कमी, एक्लोपन, गल्ती वा अपराधको बोधदीर्घरोगी, लागूऔषध दुव्र्यसनीलगायत आत्महत्याका कारण हुनसक्छन्।

प्रहरीको अनुसार समाज तथा घरपरिवारबाट सहजै सहयोग नपाउनु पनि आत्महत्याको कारण हुनसक्छ ।