गृह स्थानीय भुकम्प पीडितलाई आलुको विउ वितरण

भुकम्प पीडितलाई आलुको विउ वितरण

सेयर गर्नुहोस्

हेटौँडा,२९ फागुन,
नारी सिप सृजना केन्द्र र अक्सफाम नेपाल को साझेदारितामा सञ्चालित मकवानपुर जिविकोपार्जन पुर्नउत्थान परियोजना अन्र्तगत यस मकवानपुर जिल्लाका भुकम्प प्रभावित साबिक गाउँ विकास समितीहरु मध्ये चित्लाङ, मार्खु , कुलेखानी, फाखेल सिस्नेरी, नामटार, कालीकाटार र भार्ता गरी आठ वटा कार्यक्षेत्र रहेको छ । यस कार्यक्षेत्रका महिलाहरु कृषिमै आत्मनिर्भर भएको हुनाले उहाँहरुको बीउ उत्पादन क्षमतालाई अभिबृद्धि गर्ने उद्देश्यले आलुको विउ बितरण गरिएको हो ।

यस कार्यक्रम अन्र्तगत चित्लाङ, सिस्नेरी, कुलेखानी, नामटार, भार्ता गरी साविकका पाँच गाविसमा आलुको विउ बितरण गरिएकोे छ । अमर साना किसान कृषि सहकारी ईन्द्रसरोवर २ कुलेखानीमा ईन्द्रसरोवर गाउपालिकाका अध्यक्ष श्री जीवन लामाको प्रमुख अतिथ्यता र कुलेखानीका वडा अध्यक्ष श्री राजुमान महर्जनको अतिथ्यता यस कार्यक्रम सम्पन्न गरियो । सोही दिन आजादेश्वर कृषि सहकारीका अध्यक्ष श्री दिपक ठकुरी सभादक्ष्यता र ईन्द्रसरोवर ३ सिस्नेरीका वडा अध्यक्ष श्री चिरञ्जीबी पौडेलको अतिथ्यता सिस्नेरीमा आलुको बीउ हस्तान्तरण गरियो

यी दुवै क्षेत्रको कार्यक्रम नारी सिप सृजना केन्द्रको कार्यक्रम प्रबन्धक श्री चिरञ्जीबी पौडेलको अतिथ्यता भएको थियो । टिस्यु कल्चरबाट बाट उत्पादित यस आलुको विउमा अन्य स्थानीय विउ भन्दा रोग प्रतिरोधी क्षमता बढी हुनुका साथै उमार शक्ती बढी र उत्पादन पनि बढी हुने हेतुले बितरण गरिएको हो । कार्यक्षेत्रका ५ गाबिसमा साना किसान सहकारी सदस्यलाई यस बिउ उपलब्ध गराइएको छ ।
साथै पाच बर्ष सम्म लगातार बीउ उत्पादनका लागी प्रयोग गरी सम्पुर्ण सहकारी सदस्यमा बीउ उपलब्ध गराउने अभियान सहकारीले लिएको छ । ५ कार्यक्षेत्र गरी प्रति किसान १०० वटाको दरले ५००० आलुको बीउ बितरणले पचास जना भुकम्प पिडीत महिला किसानहरु प्रत्यक्ष लाभान्वित भएका छन ।
उन्नत जातको विउ वितरणले आलु उत्पादनमा बृद्धी साथै कृषकहरुलाई व्याबसायीक खेती तर्फ उत्प्रेरित गरेको भन्दै किसानहरुले नारी सिप सृजना केन्द प्रति आभार व्यक्त गरेका थिए ।