२९ फागुन,बंगलादेशको नागरिक उड्डयन तथा पर्यटनमन्त्री शाहजहाँ कमाल यूएस–बंगला एयरलाइन्स विमान दुर्घटनाका बारेमा बुझ्नका लागि काठमाडौं आउँदैछन् ।
उनी मंगलवार विमान बंगलादेश एयरलाइन्सबाट नियमित उडानका क्रममा स्थानीय समयअनुसार सबा ११ बजे ढाकाबाट उडेको मन्त्रालयका एक प्रवक्ताले बताए । बंगलादेशको नागरिक उड्डयन प्राधिकरणका उडान सुरक्षा निर्देशक पनि उनीसँग काठमाडौं आउँदैछन् ।
आजै यूएस–बंगलाको उडानबाट दुर्घटनामा परेका मानिसका ४६ जना आफन्तहरू काठमाडौं आइपुगिसकेका छन् । ‘हाम्रा सीईओ इमरान आसिफको नेतृत्वमा सात सदस्यीय एक टोली अनि पीडितका परिवारहरू एक विशेष उडानबाट काठमाडौं पुगिसकेका छन्,’ यूएस–बंगलाका महाप्रबन्धक कमरुल इस्लामले बताए । #डेली सनबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।