गृह Breaking News नदिजन्य पदार्थको ब्यवस्थापन गर्न जिसस मकवानपुरको अनुरोध

नदिजन्य पदार्थको ब्यवस्थापन गर्न जिसस मकवानपुरको अनुरोध

सेयर गर्नुहोस्

हेटौँडा,२९ फागुन,
जिल्ला समन्वय समिति मकवानपुरले जिल्लामा उत्खनन भएका नदिजन्य पदार्थको उचित ब्यवस्थापन तथा अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्रचार गरेको छ ।
जिल्ला अनुगमन समितिको संयोजक सस्था समेत रहेको जिल्ला प्रशासन कार्यालयलाई आज पत्रचार गर्दै सिजसस मकवानपुरका संयोजक रघुनाथ खुलालले दर्ता नभएका, नविकरण नभएका क्रसर उद्योग सञ्चालनमा रहेको तथा आवश्यक भन्दा धेरै नदिजन्य सामग्री उत्खनन् गरिएको भन्ने समाचार आएको भन्दै अनुगमनमा सहयोगको लागि आग्रह गरिएको पत्र पठाएका हुन् ।
समाचार माध्यमहरुमा आएजस्तो विषय हो कि हैन भन्ने विषयमा उचित अनुगमनको लागि उनले प्रशासनलाई सहयोको लागि समेत आग्रह गरेका छन् ।