तस्बीर गुगल

आँखाको चालका कारण इन्टरनेटमा भाइरल भएकी मलयाली अभिनेत्री प्रिया प्रकाश एक पटक फेरि चर्चामा छाएकी छन् ।

यसपटक उनको चर्चाको कारण कुनै तस्बिर वा भिडियो नभएर अभिनय गर्न लागेको एक चलचित्र बनेको छ । अहिले समाचार सार्वजनिक भएको छ कि उनी चलचित्र ‘सिम्बा’ मा रणवीरका साथ देखिने छिन् । प्रियाका लागि यो गोल्डेन चान्स मानिएको छ ।

बताइएको छ कि चलचित्रमा मूख्य भुमिकाको रोल धेरै छैन । चलचित्रका निर्माता करण जौहर हुन् । उनले प्रियालाई रणवीरको जोडीका रुपमा प्रस्तुत गर्न लागेका हुन् । तस्बिर र भिडियो भाइरल भएपछिको भिडियो अन्तवार्तामा उनले आफ्नो रणवीरका साथ काम गर्ने चाहना रहेको बताएकी थिइन् ।

यस अगाडि यो चलचित्रमा श्रीदेवीको छोरी जाह्वी कपुर, सैफअली खानकी छोरी सारा अली खान र दीपिका पादुकोणको चर्चा थियो । अहिले प्रियाको नाम चर्चामा छ । निर्माता करणले एक अग्रेजी पत्रिकासँगको अन्तर्वाताको क्रममा ‘सिम्बा’मा प्रिया प्रकाश रहने बताएका थिए ।

तस्बिर भाइरल भएपछि प्रियालाई बलिउडका थुप्रै अफर समेत मिलेको थियो । तर कुनै पनि अफर उनले स्वीकारेकी थिइनन् । एजेन्सी