हेटौँडा २९ फागुन,अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिको हिजो भएको भेलामा प्रदेश सभा माननीय प्रेमबहादुर पुलामिको विशेष अतिथिमा सम्पन्न भएको  थियो ।

 

भेलाले रामकृष्ण शिवाकोटी को अध्यक्षतामा  १९  सदस्यीय क्याम्पस समिति गठन गरेको छ ।जसको वरिष्ठ उपाध्यक्षमा छोइसन लामा उपाध्यक्षहरूमा बुद्धराज अर्याल सचिबमा बाबुलाल बराईली सहसचिवमा रुपेश शाह,आशामाया भ्लोन , सुमन कार्की कोषाध्यक्षमा आशिक प्रशाद मिश्र रहनु भएको छ त्यसै गरि सदस्य हरुमा , सफल बर्तौला सुजाता गोले रिम्की माया मोक्तान दुर्गा राज भ्लोन सागर श्रेष्ठ उर्मिला धिताल पासाङ थिङ अन्जन थापा दिपु छेत्री हुन।