

फागुन २८, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ ।
अवतरणका क्रममा जहाज चिप्लिएर दुर्घटनामा परेको हो । उद्धारमा खटिएका प्रहरीका अनुसार करिब १४ जनाको जिवितै उद्धार गरिएको छ । विमानस्थलमा रहेका एसएसपी पूर्णचन्द्र जोशीका अनुसार विमानस्थलमा ३५ र अस्पताल लगिएका ९ जनाको मृत्यु भएको छ ।
घाइते केहीको अस्पतालमा उपचार भइरहेको छ भने उपचारमा रहेकाहरुको पनि अवस्था चिन्ताजनक रहेको छ । अझै पनि उद्धार कार्य जारी रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।