

२८ फागुन,
राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा उम्मेदवारी दर्ता हुने भएको हो । दर्ताका लागि बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको र दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।
बाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, सुमन प्याकुरेल, शेरबहादुर कुँवर, बलराम बास्कोटा, खिमलाल भट्टराई, गणेश तिमल्सिना लगायतको नाम चर्चामा रहेको छ । राष्ट्रिय सभा अध्यक्षका लागि फागुन ३० गते राष्ट्रियसभा अध्यक्षको चुनाव हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।