फागुन २८,बंगालादेशको ढाकाबाट नेपाल आएको युएस बंगलाको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परि आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ ।दुर्घटना लगतै आगलागीमा परेको विमानबाट २० यात्रु शव निकालिएको हो भने घाईतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
अवतरण गर्ने क्रममा रनवेमा दुर्घटना भएको विमानमा दुर्घटना आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । युएस बंगलाको ७३८ एयरक्राफ्टमा अवतरण गर्ने वित्तिकै आगलागी भएको थियो । रनवेबाट बाहिरिए लगत्तै विमानमा आगो लागेको बताइएको छ ।
दुर्घटनापछि आन्तरिक तथा वाह्य उडान र अवतरण रोकिएको छ । ७२ सिटे विमानमा चालक दलका सदस्य सहित ७१ यात्रु रहेको बताएको छ ।
दुर्घटनामा घाइते भएका तेह्र जनालाई नर्भिक अस्तर्राष्ट्रिय अस्पताल पु¥याइएको छ भन्ने अन्य घाईतेको केएमसी अस्पताल सिनामंगल पु¥याइएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।