

२८ फागुन,प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते हुने भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले उपसभामुखको मिति तोकेको हो ।
सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।