
एजेन्सी– कयौं हत्या गर्ने क्यानाडाका एक मानिसको अनुभवमा रहेर लेखिएको पुस्तकलाई बजार पठाइए लगत्तै केही घण्टामै पुस्तकहरुको अनलाईन बिक्री गरिने ठाउँबाट पुस्तकलाई हटाईयो ।
सुङ्गुर फर्म चलाउने कुनै समयका करोडपति रबर्ट पिक्टनले ‘पिक्टनः इन हिज ओन वर्ड्स’ नामक पुस्तक लेखेका थिए । तर प्रकाशक आफैले अमेजनलाई सन्देश पठाएर पुस्तकलाई अनलाईन विक्रीबाट हटाउन आग्रह गरेका थिए । वास्तवमा पिक्टनले एकपछि अर्को गर्दै छ हत्या गरेका थिए । उनलाई सन् २००७ मा पक्राउ गरेर सजाय सुनाइएको थियो ।
क्यानाडेली प्रान्त ब्रिटिस कोलम्बियाका अधिकारहरुले पुस्तकको विक्रीबाट कमाउने रकम रोक्न कुनै पनि हालतमा पुस्तकको विक्री रोक्नु पर्ने बताएका थिए । तर पिक्टन आफूलाई निर्दोष बताउँदै आइरहेका छन् ।
‘पिक्टनः इन हिज ओन वर्ड्स’ जस्तै अन्य कयौँ पुस्तकहरु छन् जुन संसारभर निकै विवादास्पद भएका छन् । ती पुस्तकहरुमाथि सरकारले प्रतिवन्ध लगाएको छ ।
अमेरिकी फुटबल खेलाडी ओजे सिम्पसनलाई सन् १९९४ मा आफ्नी पूर्व श्रीमती निकोल ब्राउन र उनको मित्र रौनैल्ड गोल्डम्यानको हत्याको आरोपबाट न्यायिक छुटकारा दिइएको थियो । जुन मुद्दालाई शताब्दीकै मुद्दा भनिएको थियो ।
उनको पुस्तक ‘इफ आई डिड इटः कन्फेसन अफ द किलर’ सन् २००७ मा छापिएर बजारमा आएको थियो तर पुस्तक निकै विवादास्पद भएपछि त्यसले अर्कै रुप लियो । पुस्तकमा त्यस घटनासँग जोडिएर ती हत्याहरु कसरी गरिएका थिए भन्नेबारे उल्लेख गरिएको थियो । सिम्पसनले उक्त पुस्तक अरु नै कसैबाट लेखाएका थिए ।
सिम्पसन हाल जेलमा छन् । उनीमाथि अपहरण र डकैतीको आरोप पुष्टि गर्दै अदालतले उनलाई ३३ बर्षको जेल सजाए सुनाएको थियो ।
त्यसैगरी २०औँ शताब्दीको निकै चर्चित पुस्तकहरु मध्ये एक हो– ‘लोलिता’ । यो पुस्तक सन् १९५५ मा प्रकाशित भएको थियो । व्लादिमीर नबोकोवद्धारा लिखीत पुस्तकमा प्रौढ छोरोमान्छे हम्बर्ट र १२ बर्षिया बालिका डोलोरस हेजको सम्बन्धको विषयमा चर्चा गरिएको छ ।
यसमा लेखकले एउटा बच्चीका प्रति आफ्नो मायाको बेलिबिस्तार लगाएका छन् । त्यसैले कयौँ प्रकाशकहरुले पुस्तक छाप्न नमानेपछि अन्ततः पेरिसको एउटा पोर्नोग्राफीका सामाग्री छाप्ने कम्पनीले पुस्तक छाप्ने निर्णय ग¥यो ।
पुस्तकको प्रकाशनसँगै त्यसलाई ब्रिटेन र फ्रान्समा प्रतिबन्ध लगाईयो । ब्रिटेनमा यो रोक सन् १९५९ सम्म कायम रह्यो । यसको अहिलेसम्म पाँच करोड प्रति विक्रि भैसकेको छ ।
यौनलाई आफ्नो लेखनीको मुल विषय बनाका र विवादास्पद भएका अन्य पुस्तकहरु मध्ये अर्को हो गुस्ताव फ्लाँबर्टको ‘म्याडम वावरी’, जेम्स जोयसको ‘यूलीसिस’, डीएच लरेन्सको ‘लेडी चैटरलीज लवर’ र मार्किब्स डी सादको ‘जस्टिन’ ।
ब्रिटेनका नागरिक सलमान रुस्दीको सन् १९९८ मा छापिएको पुस्तकमा इस्लामको आलोचना गरिएका कारण पनि निकै विवादास्पद रह्यो । पुस्तक प्रकाशनको केही समयपछि नै विभिन्न क्षेत्रबाट लेखकलाई मार्ने धम्की मात्र होईन कि उनको हत्या गर्नेलाई १० लाख पाउन्ड दिने घोषणा भयो ।
यो पुस्तकलाई लिएर मुस्लिम राष्ट्रहरु निकै आक्रोशित भए । पुस्तकका सन्दर्भमा इरानका सर्वोच्च धर्म गुरु अयतुल्लाह खुमैनीले फतवा जारी गर्दै रुस्दीलाई मृत्यु दण्डको सजाय सुनाए ।
यसभन्दा अघि कुनै पनि पुस्तकलाई लिएर दुई देशबीचको कुटनीतिक सम्बन्ध यसरी कहिलै विग्रिएको थिएन । न त कुनै देशले अर्को देशको मान्छेको हत्या गर्नेसम्मको कुरा गरेको थियो ।
पुस्तक प्रकाशन भएपछि सलमान रुस्दी दस बर्षसम्म लुकेर बसे । उनको पुस्तक आज पनि भारतसहित अन्य कयौँ देशहरुमा प्रतिबन्धीत छ । इरानी समाचार एजेन्सी ‘फरास’का अनुसार ४० सरकारी मिडिया कम्पनीहरुले यस पुस्तकका लेखकलाई मार्नका लागि साझा रुपमा ६ लाख डलर रकमको अफर गरेका थिए ।
धर्ममा आधारित भएर लेखिएका पुस्तकहरु मध्ये निकै विवादास्पद भएका पुस्तकहरु मध्ये चाल्र्स डार्विनको ‘अन द ओरिजिन अफ स्पेसीज’ र माईकल होलबेकको ‘सबमिशन’ प्रमुख हो ।
जर्मनमा नस्लवादी नाजीहरुका नेता एडोल्फ हिटलरको पुस्तक ‘माईन काम्फः माई स्ट्रगल’ सन् १९२५ मा छापिएर आएको थियो । यो नाजीहरुका लागि घोषणापत्र सरह भयो । हिटलरको म्युनिखमा सत्ता कब्जा गर्ने असफल प्रयासपछि देशद्रोहको नाममा उनलाई सजाय स्वरुप बन्दी बनाईएपछि जेलमै उनले यो पुस्तक लेखेका थिए ।
एक दशकपछि जब नाजी सत्तामा आयो त्यसपछि यो पुस्तकले निकै व्यापकता पायो । सरकारले नव विवाहितहरुलाई यो पुस्तक उपहारमा दिन थाल्यो । ठुला सरकारी अधिकारीहरुको घरमा पुस्तकलाई सुनको पाता जडित गरेर राख्न थाले । यसरी यो पुस्तक झण्डै १ करोड २० लाख प्रति छापियो ।
नाजीहरुको पराजयपछि सन् १९४५ मा यस पुस्तकको कपी राईट बैवेरिया राज्यलाई सुम्पीयो । हिटलरको पुस्तकमाथि ७० वटा विभिन्न प्रतिबन्ध थियो । जसको कपीराइट १ जनवरी २०१६ मा सकिएको छ । हालका दिनहरुमा ‘म्युनिखको इन्टीच्युट अफ कन्टेम्परोरी हिस्ट्री’ले अब यसको नयाँ संस्करण प्रकाशन गर्ने अधिकार प्राप्त गरेको छ ।
जबकी जर्मन अधिकारीहरुका अनुसार उनीहरुले पुस्तकले धेरै विक्रि नगरोस् भन्नेमा आफूहरु सचेत रहेको बताए । उनीहरुका अनुसार यदि सरकारले यसमा ध्यान नदिने हो भने नाजी विचारधारा फेरि जन्मन सक्नेतर्फ उनीहरुको आशंका रहेको छ ।
राजनीतिक कारणहरुले निकै विवादित हुने पुस्तकहरुमा फ्रान्ज काफ्काको ‘मेटामार्फोसिस’, कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको ‘द कम्युनिष्ट मेनिफेस्टो’ र माओत्सेतुङको ‘लिटिल रेड बुक’ हो ।
त्यसपछि सन् १९७० मा छापिएको माया एन्जेलोको पुस्तक ‘आई नो व्हाई द केज्ड वर्ड सिङस’ जुन उनको अनुभवमा आधारित पुस्तक छ, त्यो निकै विवादास्पद रह्यो । पुस्तकमा अमेरिकाको गरिबीले ग्रस्त क्षेत्र डीप साउथमा एउटा बच्चामाथि हुने गरेको अत्याचार र यौन शोषणको वर्णन छ ।
मायाले आफ्नो बाल्यकालको १० बर्ष त्यहि ठाउँमा बिताएकी थिइन् । उनले त्यहाँ नस्लका आधारमा हुने भेदभाव र पूर्वाग्रहका बारेमा समेत पुस्तकमा सविस्तार आफ्नो अनुभव समेटेकी छन् ।
पुस्तकमा एउटी सात बर्षकी बालिकामाथि उनको आमाको साथीले कसरी बलात्कार गरे र त्यस ठाउँमा नस्लिय भेदभाव कसरी भयो भन्नेबारेमा उल्लेख गरेकी छन् । पछि त्यो कुरा आफन्तहरुबीच सार्वजनिक भएपछि ती मान्छेलाई पक्राउ गरियो र अदालतबाट दोषी करार गरी जेल चलान गरियो । जेल जीवन सकेर फर्केर आएपछि उनको पछि हत्या गरियो ।
यस विषयमा लेखिएका अन्य पुस्तकहरुको तुलनामा अर्को विवादास्पद पुस्तक हैरियट बीचर स्टोवेको ‘अंकल टाम्स क्याबिन’, मार्क ट्वेनको ‘एडवेन्चर्स अफ हकलबरी फिन’, एलिस वाँकरको ‘द कलर पर्पल’ र चिनुआ अचीवेको ‘थिङस फल अ पार्ट’ ‘अ क्लाकवर्क ओरेन्ज’ एउटा दुस्साहसी किशोर एलेक्सको विठ्याईंमा आधारित पुस्तक हो जो बीथोवन र असाधारण हिंसाको शौकिन छ । यो पुस्तक सन् १९६२ मा प्रकाशित भएको थियो । यसले ब्रिटेनको निकट भविष्यमा हुने घटनाहरुको आंकलन गरेको थियो ।
हिंसा र बलात्कारको वर्णन गरिएका कारण यस पुस्तकालई अमेरिकाको विद्यालयका पुस्तकालयबाट यसलाई हटाउन लगाइएको थियो । यसलाई लिएर विवाद त्यसबेला झनै चर्कियो जब स्टैनली क्युब्रिकले यसमा आधारित नाटकको मञ्चन गरिन् ।
यस विषयमा अन्य विवादास्पद पुस्तकको नाम हो– ‘अमेरिकन साईको’ । यसका लेखक ब्रेट इस्टन एलिस हुन् र कर्ट वाँनेगटको ‘स्लाटर हाउस– भाईब’ पनि विश्वमा निकै विबादास्पद पुस्तकहरुमध्ये एक हो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।