file photo

२७ फागुन,स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौं उपत्यकाका कतिपय स्थानमा हल्का वर्षा भइरहेको छ।

 

स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। उनका अनुसार अहिले देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली तथा पोखरादेखि पश्चिम, सुदूरपश्चिम र तराई क्षेत्रमा मौसम सामान्य छ।

 

पूर्वमनसुनको याम भएका कारण स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित छोटो अवधिको वर्षात् गराउँछ। सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ।

 

तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ। रासस