२६ फागुन,बार्सिलोनाको ला लिगाको आज राति मालागासँग हुने खेलमा लियोनेल मेसी नखेल्ने भएका छन् ।

 

बार्सिलोनाले अन्तिम समयमा मेसीलाई व्यक्तिगत कारणले टिममा समावेश नगरेको जानकारी दिएको छ । मेसीको ठाउँमा गत जनवरीमा बार्सिलोनामा आएका डिफेन्डर यारी मिनालाई टिममा समावेश गरिएको छ ।

 

मेसीकी श्रीमती एन्टोनेलाको तेस्रो बच्चा जन्माउने समय नजिक आएकोले यो खेल नखेलेको बुझिएको छ । मेसीका हाल दुई छोरा रहेका छन् । यद्यपी बार्सिलोनाले मेसी टिममा नपरेको बारे व्यक्तिगत कारण मात्र भनेको छ ।

 

ला लिगामा ८ अंकले अग्रता हासिल गरेको बार्सिलोनाका लागि मेसीले यस सिजनमा कुल ४१ खेल खेल्दै ३२ गोल गरेका छन् ।