

हेटौँडा,२६ फागुन,
मदन भण्डारी स्र्पोट्स एकेमडेमी मकवानपुरको अध्यक्षमा निरजसिंह ठकुरी चयन भएका छन् । आज हेटौँडामा भएको जिल्ला भेलाले ठकुरीको अध्यक्षतामा कार्यसमिति निर्माण गरेको हो ।
कार्यसमिति उपाध्यक्ष माप्रकाश सुवेदी, सचिवमा आकाश अधिकारी कोषाध्यक्षमा विक्रम लामिछाने तथा सहसचिवमा हरिशरण ढकाल चयन भएका छन् ।
सदस्यहरुमा देवराज रुम्बा, आशिष अस्लामी मगर, सञ्जय महर्जन, दिपेश कार्की, सरोज पौडेल, ओम मोक्तान, कमल आचार्य, स्वेक्षा दंगाल, मुना भण्डारी, सुजिता थिङ रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदन भण्डारी स्र्पोट एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले खेलकुदले देशको नाम चिनाउन ठुलो तथा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, मदन भण्डारी स्र्पोट्स एकेडेकीका केन्द्रीय सदस्य नविन सिग्देल, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।