हेटौँडा,२४ फागुन,
नेपाली चलचित्र पंचायतको हेटौँडामा रहेको ओम्याक्स हलमा च्यारेटी शो सम्पन्न गरीएको छ । मकवानपुर जागरण अभियानले आयोजना गरेको च्यारेटी शो हेरेपछि दर्शकहरुले राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

चलचित्र हेरेपछि हेटौँडाकी अलिशा न्यौपानेले भनिन् : चलचित्र मौलिक विषयमा बनेको र समाजमा हुने गम्भिर विषयलाई उठान गरेर निर्माण गरिएको रहेछ, राम्रो लाग्यो ।
चलचित्र हेर्न आएका बिरेन्द्र श्रेष्ठले पनि २०३० साल वरपरको कथालाई निकै
राम्रो तथा मसिनो ढंगबाट उठान गरिन चलचित्र निर्माण गरिएको र राम्रो बनेको बताए ।
सामजिक कार्यमा सहयोगको लागि भनेर केहि रकम संकलन गर्ने उदेश्यले चलचित्र पंचयातको च्यारेटी गरिएको च्यारेटि शो पुर्व गरिएको पत्रकार सम्मेलनमा जागरण अभियान मकवानपुरका अध्यक्ष कृष्णराज कोइरालाले बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता शुसान्त कुमार श्रेष्ठले मौलिक तथा गहन विषयलाई उठान गरेर चलचित्र निर्मँण गरेको बताए । पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु सरोज खनाल तथा निता ढुंगानाले पनि चलचित्र फरक विषयबस्तुको रहेको बताए । पंचयातकालमा गाउँमा मुखीयाको भुमिका र उनको न्यायको सम्वन्धनमा आफुले अभिनय गरेको भन्दै खनालले चलचित्र निकै गहन विषयमा बनेको र त्यो समयको प्रतिनिधित्व गर्ने किसिमको रहेको बताए ।

१४ वर्षे किशोरीको रुपमा अभिनय गरेकी निता ढुंगानाले आफुले हालसम्म अभिनय गरेको भन्दा फरक विषयमा चलचित्र निर्माण भएको बताईन् । पत्रकार सम्मेलनमा चलचित्रका निर्माता रबि अधिकारी ,चलचित्रका कलाकार एबं प्रस्तुतकर्ता गणेश चलचित्रका निर्देशक शिवम अधिकारी, चलचित्र विकास बोर्डका नरेन्द्र महर्जनलगाएतले मन्तब्य ब्यक्त गरेका थिए । चलचित्र चैत्र २ गतेबाट देशब्यापी प्रर्दशनम आउँदै छ ।