फागुन २४,आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । नेपालले ब्याटिङ गर्ने भएसँगै स्कटल्याण्डले फिल्डिङको निम्तो पाएको छ ।

 

नेपाल र स्कटल्याण्डबीचको खेल बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा हुँदैछ । पहिलो खेलमा पराजित भएको नेपाल स्कटल्याण्डलाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिदैछ । यता, स्कटल्याण्ड भने आजको खेलमा पनि जित हात पार्दै एक खेल खेल्नु अघि नै सुपर सिक्समा पुग्ने रणनीतिमा छ ।

 

नेपाल आफ्नो पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनले पराजित भएको थियो । अहिलेसम्म नेपाल र स्कटल्याण्ड ३ पटक आमनेसामने भएका छन् । जुन तीनै खेलमा नेपाल पराजित भएको छ ।