२४ फागुन,संसारभरि मिर्गौलाको रोगबाट पीडित व्यक्तिहरूको संख्या बढिरहेको छ । चिकित्सा विज्ञानमा यसलाई क्रोनिक किड्नी डिजीज भनिन्छ । यस्तो अवस्थामा मिर्गौलाले काम गर्नै छोडिदिन्छ ।

यस रोगका सम्बन्धमा मानिसहरूमा जागरुकता फैलाउनका लागि मार्च महीनाको दोस्रो बिहीवार विश्व मिर्गौला दिवस मनाइन्छ ।

विश्व मिर्गौला दिवस र विश्व महिला दिवस यसपाली एकैदिन परेकाले एउटै थिममा केन्द्रित छ । महिलाहरूमा यस रोगको खतरा धेरै हुन्छ । प्रारम्भिक चरणमा यो रोग पत्ता लगाउनै गाह्रो हुन्छ । दुवै मिर्गौला लगभग ६० प्रतिशत खराब भएपछि मात्र रगतमा क्रिएटनिन बन्न शुरू हुन्छ ।

रगतमा पाइने मललाई नै क्रिएटनिन भनिन्छ । सामान्यतया मिर्गौलाले यसलाई छानेर शरीरबाट बाहिर निकाल्छ र त्यसैमा समस्या हुँदा मिर्गौलाले छान्न पाउँदैन र यसैले गर्दा रगतमा यसको स्तर बढ्छ ।

यसबाट बच्नका लागि अंगुर खानुस् किनकि यसले अनावश्यक युरिक एसिड बाहिर निकाल्न सहायता गर्छ ।

 

म्याग्नेसियमले मिर्गौलालाई सही तरिकाले काम गर्न सहायता गर्छ त्यसैले म्याग्नेसियम भएका अर्थात् गाढा रंगका सागपात खानुस् ।

केही अध्ययनहरूका अनुसार, महिलाहरूमा पुरुषको तुलनामा गम्भीर मिर्गौला समस्या धेरै भेटिन्छ । दुवैको औसत निकाल्दा महिलामा मिर्गौलाको गम्भीर रोग समस्या १४ प्रतिशत हुन्छ भने पुरुषमा १२ प्रतिशत ।

संसारमा १९.५० करोड महिलाहरू मिर्गौला रोगबाट पीडित छन् । चालीस वर्षको उमेरपछि हरेक वर्ष एक प्रतिशतको दरले मिर्गौला कमजोर हुन थाल्छ । दशमध्ये एक व्यक्तिलाई मिर्गौलासम्बन्धी रोग छ ।

यी दश बानीले मिर्गौला खराब गराउन सक्छन् :
पिसाब रोक्ने
कम पानी पिउने
धेर नूनिलो कुरा खाने
उच्च रक्तचापको उपचारमा लापरवाही
चिनीरोगको उपचारमा लापरवाही
धेर मासु खाने
धेर पेनकिलर लिने
धेर रक्सी र चुरोट पिउने
पर्याप्त आराम नगर्ने
सफ्ट ड्रिंक र सोडा धेर पिउने

एजेन्सी