

२४ फागुन एजेन्सी, म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले महिलालाई अधिकार दिइयो भनेमात्र त्यस देशमा मानवअधिकारको अवस्था राम्रो हुने धारणा राखेकी छन् । उनले शान्ति र प्रजातन्त्रको स्थापना र स्थायित्वका लागि महिलालाई अधिकार दिनुपर्नेमा जोड दिएकी छन् ।
मनिलामा आयोजित अन्तरराष्ट्रिय नारी दिवससम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, जबसम्म महिलाले उनीहरुका आधारभूत आवश्यकताको परिपूर्तिका लागि अधिकार पाउँदैनन् तबसम्म त्यस देशमा अरु अधिकारको पनि सुनिश्चितता रहँदैन ।
म्यानमारकी नेत्री सुकीले महिलालाई राजनीति आर्थिक र सामाजिक क्षेत्रमा अधिकार दिनुपर्ने बताइन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा दिनुभएको सम्बोधनमा सुकीले महिलालाई अधिकार दिइएको खण्डमा मात्र देशमा मानवअधिकारको महत्व बढ्ने बताएकी हुन् ।
म्यानमारमा नागरिक सरकारले अन्तरराष्ट्रिय महिला दिवस जस्ता महत्वपूर्ण अन्तरराष्ट्रिय दिवस मनाएको यो तेस्रो वर्ष हो । लामो समयसम्म सैनिक शासकले शासन चलाएको यो देशमा अझै पनि सैन्य शासकमा बलियो प्रभाव रहेको छ ।
सुकीले नेतृत्व गर्नुभएको राजनीतिक दल सन् २०१५ को निर्वाचनमा विजय भएपछि देशको संविधानको निर्माण र राष्ट्रपति पनि सर्वसाधारण नागरिकको तर्फबाट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।