

२४ फागुन,हटिया जनप्रिय नमूना माध्यामिक विद्यालय हेटाैंडा १६ ले नमूना विद्यालय वर्षीय गुरुयाेजना निर्माणका लागि विज्ञ तथा परामर्शदाता र सराेकारवाला संगकाे १ दिने कार्यशाला अाज सम्पन्न गरेकाे छ ।
देशभरमा १ हजार नमूना विद्यालय निर्माण गर्ने सरकारकाे गुरुयाेजनाअनुरुप नमूना विद्यालय निर्माणका निम्ति कार्य शुरु गरिसकेकाे जनप्रिय माविले पञ्चवर्षिय याेजना र १ वर्षिय कार्ययाेजना तयारका निम्ति कार्यशाला सम्पन्न गरेकाे हाे ।
प्रविधियुक्त जनशक्ति अाजकाे अावश्यकता लाई सार्थक तुल्याउन प्राविधिक शिक्षा समेत शुरु गरेकाे जनप्रियले विद्यालयलाई नमूना वनाउन के गर्नुपर्छ ? समस्याहरु के के छन् ? नमूना बनाउदा कसले के गर्ने ? जस्ता विषयमा सुझाव तथा राय समेत संकलन गरिएकाे थियाे ।
नगरप्रमुख हरिबहादुर महतकाे प्रमूख अातिथ्यता तथा विब्यस अध्यक्ष लाेकनाथ चाैलागाईकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटाैडा १६ का वडाअध्यक्ष रामकृष्ण काेईराला, स्राेतब्यक्ति केशवप्रसाद सञ्जेल, पिटिए अध्यक्ष विरवहादुर विक, प्रधानाध्यापक नवराज अर्याल, शिक्षकहरु माेति उर रहमान, विजय नेपाल, धनिकलाल शाह, नीर बहादुर खड्का,लक्षमण खतिवडा, रुपा बिक, साैगात गाैतम, पूर्व विब्यस अध्यक्ष रमेशप्रसाद खतिवडा, सल्लाहकार कमल बहादुर बिष्ट, लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।