हेटौँडा,२३ फागुन,
लागु औषधको मुद्धामा प्रहरीले पक्राउ गरि हिरासतमा लिएका काठमाण्डौँ टोखा नगरपालिका वडा नंबर ९ गणेशस्थानका मिलन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा १५ मा सबारी जाँच गर्ने क्रममा गत असोज १९ गते लागु औषध सहित पक्राउ गरि म्याद थप गर्दै ७५ दिन सम्म हिरासतमा रहेको र गत माघ ५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा रहेको भेण्टिलेसनमा रहेको फलामको रड काटी भागी फरार भएका पाण्डेलाई पक्राउ गरेको हो । उनलाई काठमाण्डौँको गोगंवुबाट पक्राउ गरिएको हो ।