तस्विर : सुमन दाहाल

हेटौँडा २३ फागुन,

पछिल्लो समय गीतसंगीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ मह शत्रु गते यात्रा हेटौँडाबाट सुुरु गरेको छ । चैत्र ९ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउने छ ।‘शत्रु गते’ युनिटले आज हेटौँडाको बुद्धचौकमा कन्सर्ट समेत गरेको थियो। आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्माता हरिबंश आचार्यले चलचित्र अहिलेको युवापुस्तालाई केन्द्रित गरेर बनाईएको बताए ।

तस्विर : सुमन दाहाल

 

मधेश र पहाडबीच समधुर सम्बन्धबारे चित्रण गरिएको शत्रुगतेले दर्शकहरुको मन जित्नेमा आफु ढुक्क रहेको समेत उनले बताए । उनले आफु लामो समयपछि चलचित्र निर्माण र अभिनयमा आएको बताउँदै े यो समयमा आफुले पाएको साथ सहयोगलाई आभारी ब्यक्त गरे ।

कलाकार शिवहरी पौडेलले शत्रु गते दर्शकहरुले खोजेको चलचित्र बनेको दावि गरे भने कलाकार एवं निमात्री दिपाश्री निरौलाले आफुले बर्षमा दुई व्यानरमा चलचित्र लिएर आउने बाटो बनेको बताईन् ।

तस्विर : सुमन दाहाल

 

प्रस्तुतकर्ता किरण केसीले तँ त साह्रै बिग्रिस् नि बद्रीपछि शत्रु गते लिएर आएको भन्दै दर्शकले मन पराउने स्वादमा यो चलचित्र बनेको बताए । नायक पल शाह र नायिका आँचल शर्माले ‘हरिबंश दाई’ व्यानरमा काम गर्न पाउँदा आफुहरु गौरवान्वित भएको बताए ।

 

मोफसलका दर्शक तथा सञ्चारकर्मीसंग भेटघाट गर्ने उदेश्यले चलचित्र को मोफसल टुर गर्न लागिएको हो । टुरलाई रुस्लान भोड्काले सहयोग गरेको छ । ’रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिइएको यस यात्रामा कलाकार हरिवंश आचार्य , किरण केसी , शिवहरी पौडेल , पल शाह , आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन ।

 

 

टुरमा स्थानीय दर्शकलाई विभिन्न प्रस्तुति समेत पस्किएका छन् । टुर आज २३ गते देखि ३० गतेसम्म चल्नेछ । पहिलो टुर अन्र्तगत फागुन २३ गते बुधबार हेटौडाबाट सुरु गरीएको छ । यस्तै टोलीे २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक र ३० गते इटहरीमा पुग्नेछ ।

तस्विर : सुमन दाहाल

चलचित्र लाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक प्रदिप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।

 

 

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला,नरेन्द्र कंसाकार , शिवहरी पौडेल ,यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

तस्विर : सुमन दाहाल

 

चलचित्रका वितरक नरेन्द्र महर्जनले चैत ९ गते मह जोडीको सम्मानमा शत्रु गते बाहेक कुनै पनि चलचित्र प्रर्दशनमा नल्याउने प्रतिवद्धता व्यक्त गरे ।