file photo

२३ फागुन, तेस्रो राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको उम्मेदवारी परेको छ ।

 

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति भण्डारीद्वारा आफैं उम्मेदवारी दर्ता भएको हो ।

 

भण्डारीको प्रस्तावकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल। उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ र पूर्व सभामुख ओनसरी घर्ती छन् ।

 

यस्तै समर्थकमा एमाले उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण बिष्ट, माओवादी नेता रामबहादुर थापा बादल, एमाले नेताहरु भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।