फागुन २३ – गोरखा नगरपालिका–१०, वीरेनचोकमा माइक्रो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

गोरखाबाट काठमाडौंका लागि छुटेको बा ३ ख ४६ ५८ नम्बरको माइक्रो दुर्घटना हुँदा मनकामना बहिरा माविमा अध्ययनरत श्रद्धा गौलीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको थप विवराण आउन बाँकी रहेको छ ।