२२ फागुन,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य संयन्त्र भ्रष्टाचारले ग्रस्त भएको भन्दै यसलाई अन्त्य नगरेसम्म मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।संसद बैठकमा संबोधन गर्दै प्रचण्डले राज्य संरचनामा सुशासनको कमी र भ्रष्टाचार ब्याप्त रहेको भन्दै यसलाई अन्त्य नगरेसम्म विकास र समृद्धिति अघि बढ्न नसक्ने बताएका छन् ।
‘सुशासन हामी आफैं भित्रबाट खोज्नुपर्छ, हाम्रो राज्य संरचनाको काम गर्ने प्रवृत्ति बिग्रेको छ’ उनले भने ‘सबैभन्दा ठूलो समस्या भ्रष्टाचार ब्याप्त छ । भ्रष्टाचारी र ठगहरुलाई कसले कसरी अन्त्य गर्ने हो र’प्रचण्डले नेपालमा भारत परस्त र चीन परस्त भन्ने युग पनि सकिएको दावी गरे ।
उनले भने ‘अब न चीन परस्त, न भारत परस्त हामी सबै नेपाल परस्त, हामी अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध राखेर देशको विकास गर्न चाहन्छौं ।’प्रचण्डले नेपाललाई विकासको युगतिर अगाडि बढाएर विदेश गएका लाखौं नेपालीलाई स्वदेश फर्काउने पनि दावी गरे ।
प्रचण्डले प्रधानममन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न तयार रहेको बताउनुले राष्ट्रिय एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।