तस्बीर गुगल

चर्चित बलिउड अभिनेता शाहरुख खान विकिपिडियामा धेरै खोजिने सेलिब्रेटीहरुको सूचीमा परेका छन् ।

उनले हलिउडका टम क्रूज,एन्जिलना जोली,लिनार्दो दि कार्पिकोलाई समेत उछिनेका छन्।

विकिपिडियामा शाहरुख खान विश्वको दोस्रो धेरै खोजी हुने सेलिब्रेटीको सूचीमा परेका टाइम्स आफ इण्डियाले जनाएको छ। सन् २००७ देखि २०१७ को समयमा विकिपिडियामा धेरै खोजी हुने सेलिब्रेटिहरुको नामावलीमा शाहरुखको नाम दोस्रो स्थानमा आएको हो।

पहिलो स्थानमा अमेरिकी रियालिटी शोकी प्रस्तोता किम करदशन छिन्।

विकिपिडियामा धेरै खोजिने अन्य भारतीय कलाकारहरुमा सन्नी लियोनी र सलमान खान छन्।एजेन्सी