हेटौंडा,२२ फागुन,
बैंक तथा वित्तिय संस्थाहरु विच आपसी परिचय तथा भाईचाराको विस्तार गर्ने उद्देश्य सहित हुन लागिरहेको दोस्रो संस्करणको न्हुच्छे–गोविन्द अन्तर बैंक फुटसल फागुन २४ गतेबाट सुरु हुने भएको छ ।

खेल प्रेमी तथा समाजसेवी विष्णु गोपाल महर्जनले आफ्ना आमा न्हुच्छेमान श्रेष्ठ र बुबा गोविन्द महर्जनको स्मृतीमा गत साल देखि अन्तर बैंक फुटसल आयोजना गर्दै आउनुभएको हो । प्रतियोगितामा १४ वटा बैंकले सहभागिता रहने मंगलबार महर्जनले एक पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो । गत वर्ष १५ हजार प्रथम पुरस्कार र १० हजार दोस्रो पुरस्कार राशी रहेको उक्त प्रतियोगिता यो संस्करण देखि प्रथम पुरस्कार ५० हजार र दोस्रो पुरस्कार २५ हजार पु¥याइएको समेत बताइएको छ । गत वर्ष १६ वटा वैंकहरुले सहभागिता जनाएका प्रतियोगितामा यसपालि १४ वटा बैंकको २१ वटा खेल लिग कम नकआउट आधारमा हुने बताइएको छ ।

हेटौंडा फुटसलमा हुने प्रतियोगितामा उद्घाटन खेल ऐभरेष्ट बैक र सिद्धार्थ बैंक विच हुनेछ ।