

फागुन २२ – भारतको त्रिपुरा राज्यमा विधानसभाको चुनावी परिणाम पछि हिंसा भड्किएको छ ।
कम्युनिष्टको किल्ला मानिएको त्रिपुरामा भारतीय जनता पार्टी बिजेपीले चुनाव जितेपछि हिंसा भड्किएको हो । बिजेपीका कार्यकर्ताले रुसी क्रान्तिका नायक व्लादिमीर लेनिनको शालिक तोडफोड गरेका छन् ।
त्रिपुरा राज्यका एसपी कमल चक्रवर्तीले बिजेपीका समर्थकले डोजर लगाएर लेनिनको शालिक ढालेको जानकारी दिनुभयो । त्यसक्रममा प्रहरीले डोजरसहित चालकलाई पक्रेको छ ।
साम्यवादी विचारधारका नायक लेनिनको शालिक तोडफोड भएपछि वामपन्थी दलहरु पनि प्रतिकारमा उत्रेका छन् । चुनावी परिणामपछि त्रिपुरा राज्यका विभिन्न ठाउँमा तोडफोड र मारपीट भईरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
२५ वर्षदेखि सत्तामा रहेको कम्युनिष्ट पार्टी सिपिआई ९एम० ले जितपछि बिजेपी–आइपिएफटीका कार्यकर्ता हिंसातर्फ उन्मुख भईरहेको आरोप लगाएको छ । उनीहरुले वामपन्थी नेता कार्यकर्ताको घरलाई आक्रमणको निशाना बनाएका छन् ।
हिंसा अझै बढ्न नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।