हेटौँडा,२१ फागुन,
नियन्त्रित लागू औषध नाईट्रोभेट सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बकैया गाउँपालिका वडा नंबर ५ का लक्ष्मण घलानलाई हेटौँडाबाट पक्राउ गरेको हो ।

हेटौँडा ४ मा रहेको जिएस चोकबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घलानको साथबाट प्रहरीले  लागू औषध नाईट्रोभेट ४५ ट्याब्लेट बरामद गरेको हो । उनलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।