१७ फागुन,सप्तरी – सिरियामा भएको नरसंहारको विरोधमा बुधबार राजविराजमा ¥याली तथा मैनबत्ती प्रज्वलन गरिएको छ ।

 

राजविराज नगर बाल सञ्जाल र सप्तरी युथ नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा बालबालिका तथा युवाले जिल्ला खानेपानी कार्यालयदेखि नगर परिक्रमा गरी स्थानीयवासी गजेन्द्रचौकमा मैनबत्ती प्रज्वलन गरेको छ ।

 

बालबालिका मार्न पाइँदैन, हत्याहिंसा बन्द गर, सिरिया हिंसाविरुद्ध आवाज उठाऔँ लगायतका नारा लेखिएका ब्यानर र पोष्टर लिई नगरको परिक्रमा गरिएको थियो । सिरिया आतंकमा ज्यान गुमाएका १५० बालबालिकासहित ५०० भन्दा बढी सिरियाली नागरिकको मृत्यु भएको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

 

कार्यक्रममा क्लिन काठमाडौंका संयोजक केपी खनाल, राजविराज नगरपालिकाका उप–प्रमुख साधना झा, राजविराज नगर बाल सञ्जालका अध्यक्ष मो जकाउल्ला र सप्तरी युथ नेपालका विष्णु यादवले मन्तव्य राखेका थिए ।रासस