हेटौँडा,१७ फागुन,
राष्ट्रियसभा सांसद तथा एमाले प्रदेश नंबर ३ का सदस्य रामचन्द्र राईले प्रदेश नंबर ३ को राजधानी हेटौँडानै उपयुक्त भएको ११ कारण दिएका छन् ।
राजधानीको विषयमा प्रदेश मन्त्रीहरुले अनावश्यक टिप्पणी गर्दै हिडेको भन्दै सांसद राईले प्रदेश नंबर ३ को राजधानी हेटौँडानै उपयुक्त भएको ११ कारण दिएका हुन् ।
सामजिक सञ्जाल फेसबुक मार्फत उनले ११ बुँदामा राजधानीको लागि हेटौँडानै किन उपयुक्त छ भन्ने विषयमा धारणा ब्यक्त गरेका छन् ।

यस्तो छ उनको ११ बुँदा

१) केन्द्रीय राजधानिको सुरक्षा,रणनितिक महत्व राख्छ।
२) तराई र पहाड बिच समन्वय कायम गर्छ।
३ं वातावरण १२ रै महिना राम्रो रहन्छ जुनचिज बनाउन सकिदैन।
४) पानी पर्याप्त छ।
५) मन्त्रालयको लागि आबस्यक पुर्बाधार पर्याप्त छ।
६) पुर्ब पश्चिम ,उत्तर दक्षिण जान सडक संजालले जोडिएको छ।
७) हेटौडा- धरान – चतरा सडक निर्माणले रामेछप ,दोलखा रसिन्धुली लाई सजिलै जोड्छ।
८) प्रस्ताबित सुरुङ्गमाग ले कठमान्डौ हेटौडा १ घन्टामा यात्रा सम्भब पार्छ।
९) काठमान्डौको जनघनत्व लाई बाहिर ल्याउछ।
१०) संघियताको मर्मलाई सार्थक बनाउछ।
११) सन्तुलित बिकास अबधारणालाई सार्थक बनाउछ।