file photo

मनहरी,१७ फागुन,
मकवानपुरको मनहरी गाउँपालिका ८ स्थित क्रसर उद्योग परिसरमा एक्साभेटरमा आगजनी भएको छ ।
चतुर्मुखी क्रसर तथा बालुवा प्रशोधन उद्योग परिसरमा रहेको बा २ ख २१७१ नं को एक्साभेटरमा पेट्रोल खन्याएर आगो लगाएको पाइएको हो । बिहिबार बिहान २ः३० बजे एकजना व्यक्ति उद्योग परिसरमा प्रवेश गरी एक्साभेटरमा आगो लगाएर भागेको सुरक्षागार्डले देखेको भएपनि पहिचान नभएको उद्योगका सञ्चालक राजकुमार रावलले बताए ।

एक्साभेटरमा आगजनीबाट १ करोड १५ लाख क्षति भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ भने मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले घटनास्थलको निरीक्षण गरी जतिसक्दो छिटो दोषी पत्ता लगाएर कारबाही अघि बढाउन प्रहरीलाई सेचत पारेका छन् ।
मनहरी डटकमबाट