काठमाडौं,१६ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ । जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

अदालतको आदेश पालना गरेका एसपी नरेन्द्रकुमार कार्कीले बताए। विलप्वको घर शिवराज नगरपालिकामा पर्छ । यसैबीच, विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै सरकारले राजनीतिक चरित्र हत्या गर्न खोजेको आरोप लगाएको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जारी गरेको विज्ञप्तिमा सरकारले चोरलाई चौतारा, साधुलाई सुली गर्ने हो भने जनअदालतमा रहेका मुद्दाहरु ब्यूताउँने र ओली र प्रचण्डकै घरमा वारेन्ट पूर्जी टास्ने उल्लेख गरिएको छ ।