

हेटौँडा,१६ फागुन
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रदेशको राजधानीको विषयमा भाषण गर्दै नहिडनको लागि प्रदेश मन्त्रीहरुलाई आग्रह गरेका छन् ।
सामजिक सञ्जाल फेसबुक मार्फत खुलाले अस्थायी राजधानीको रुपमा हेटौँडामा काम भैरहेको अवस्थामा यसलाई सार्ने कुराले यहका वासिन्दाहरुलाई पिडा हुने कुरा महशुस गर्नको लागि समेत मन्त्रीहरुलाई सुझाव दिएका हुन् ।
प्रदेशमा कानुन निर्माणको सन्र्दभका भर्खरमात्र कार्य सुचारु भएको भन्दै प्रमुख खुलाले कानुननै निर्माण नभैसकेको अवस्थामा यस्तोखाले भाषणले समस्या निम्याउनेतर्फ पनि शंकेत गरेका छन् ।
मन्त्रीले १३ जिल्लाकै जनताको भावना बमोजिम अभिब्यक्ति दिनुपर्ने भन्दै उनले मन्त्रीह सबै भुगोलको साझा हुनुपर्ने उल्लेख गरेका छन् । मन्त्रीको दायित्व भनेको एक क्षेत्रको मात्र प्रतिनिधित्व गर्नेमात्र नभएको समेत उनले बताएका छन् ।
पछिल्लो समयमा प्रदेश नंबर ३ का केहि मन्त्रीहरुले राजधानी सार्ने, नयाँ जग्गा खोजेको जस्ता अभिब्यक्ति सार्वजनिक कार्यक्रममा दिँदै हिडेपछि मकवानपुरमा यो विषयले निकै चर्चा पाएको छ । यसै सन्र्दभमा जिसस प्रमुखको अभिब्यक्तिले ठुलो अर्थ राख्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।