तस्विर : सुमन दाहाल

हेटौँडा १६ फागुन,

पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा आज फागुन १६ बाट सुरु भयको बकैया सास्कृतिक महोत्सवको उद्घाटन प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभएको छ।

 

मुख्यमन्त्री पौडेलले आफ्नै श्रेत्र आफै विकास समृद्धिमा लाग्न अनुरोध गर्नुभयको छ,साथै यश बकैया महोत्सव लाई सफल बनाउन अनुरोध गर्दै आयोजक बुद्ध युवा कल्बलाई शुभकामना दिनु भयको थियो।
उद्घाटन समारोहमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलकार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण प्रसाद दाहाल प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल तथा गाउँपालिका उपाध्यक्ष सरला बोलखे उपस्थिती रहेको थियो।महोत्सवमा मुख्यमन्त्री पौडेललाई नागरिक अभिनन्दन समेत गरिएको थियो।

महोत्सव बकैया खोलाको तिरमा फाल्गुन १७ देखि २७ सम्म हुने चल्ने छ।