हेटौँडा,१६ फागुन,

पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा आज फागुन १६ गतेबाट हुने बकैया सास्कृतिक महोत्सवको तयारी पुरा भयको छ ।

 

महोत्सवको आज फागुन १६ गते प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

 

बुद्ध युवा क्लब हात्तिसुडे तथा सहयात्री बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा हुने कार्यक्रममा सहभागिताको लागि जिल्लाका सांसदहरु सहित उच्चपदस्त कर्मचारीहरुको सहभागिता हुने आयोजक समिति संयोजक विजय लामा थिङले बताए ।

 

महोत्सवमा मुख्यमन्त्री पौडेललाई नागरिक अभिनन्दन गर्ने समेत कार्यक्रम रहेको लामाको भनाई रहेको छ । महोत्सवका पुर्वी क्षेत्रलाई केन्द्रविन्दुमा राखेर पत्रकारिता गरिरहेका एकजना पत्रकारलाई समेत सम्मान गरिने आयोजकको भनाई रहेको छ ।

महोत्सव बकैया खोलाको तिरमा  फाल्गुन १७ देखि २७ सम्म हुने चल्ने  छ।