तस्विर : सुमन दाहाल

बकैया १६ फागुन,
मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाबाट प्रथम ऐतिहासिक बकैया ससास्कृतिक महोत्सव २०७४ को अवसरमा प्रथम बकैया पत्रकारिता पुरस्कार बाट खबरब्रेकका सम्पादक पत्रकार धर्मेन्द्र दाहाल समान्न गरिएको  हो । दाहाललाई मुख्यमन्त्री पौडेलले सम्मानपत्र प्रदान गरेका हुन् ।

 

मकवानपुर लाइ कार्यक्षेत्र बनाइ पत्रकारिताको माध्यम बाट समुदायलाई सकारात्मक रुपमा विकास अभियानमा उत्प्रेरित गर्दै जनसहभागिता प्रबन्धन गर्न एवम बकैया गाउपालिकाको गतिविधिहरुलाइ प्रभावकारी रुपमा सम्प्रेषण गरि सुशासन प्रबन्धन गर्ने कार्यमा सहयोग गरेको भन्दै बुद्ध युवा क्लब हात्तिसुडेले प्रथम ऐतिहासिक बकैया ससास्कृतिक महोत्सव २०७४ को अवसरमा बकैया पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो।

 

उद्घाटन समारोहमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलकार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण प्रसाद दाहाल प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल तथा गाउँपालिका उपाध्यक्ष सरला बोलखे उपस्थिती रहेको थियो।