सुरेन्द्र राज थीके,
भीमफेदी, भीमफेदी इलाका प्रहरी कार्यालयले हिन्दु हरुको महान चाड होलीको अवसरमा शुभकामना आदान प्रदान सहित होलीमा हुने विकृति प्रती सजग गरेको छ ।

भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्क बहादुर बिश्वकर्मा बाट स्थानिय स्तरमा जन चेतना सम्पर्क भेटघाट सहित होली पर्वमा शिष्ट र मर्यादित तरीकाले होली खेल्न तथा कसैको इच्छा विपरीत जवरजस्ती रंग दल्ने जस्ता व्यवहार नगर्न अनुरोध गरेको छ ।

कसै प्रती दुब्र्यवहार गरीएको पाइएमा स्थानीय प्रशासनिक ऐन अनुसार कारवाहि हुने बताउनु भएको छ ।