१५ फागुन,बेलायतमा बस्ने २७ वर्षीय एलीलाई शरीरका ट्याटू हान्ने सोख चढेकाले उनले भएभरका अंगमा ट्याटू हाने ।उनले आँखादेखि लिएर गिजाको भित्री भागसम्म सबैतिर ट्याटू हाने । फरक देखिने चक्करमा उनले शरीरको प्रत्येक इन्चलाई कालो मसीमा लतपताए ।

 

शरीरमा सबभन्दा धेरै टयटू हान्ने व्यक्ति यिनै हुन् भनी बताइएको छ ।एलीले विगत दश वर्षदेखि शरीरमा ट्याटू हानिरहेका छन् । यसबाट उनले आफ्नो व्यक्तित्व फरक भएको अनुभव गर्छन् ।

 

यस्तो अचम्मको सोख पाल्ने एलीलाई केही मानिस पागल पनि भन्छन् । यति अनौठो देखिएपनि उनकी प्रेमिकाले उनलाई छोडेकी छैनन् ।

 

आफूलाई बालककालदेखि नै ट्याटूको सोख चढेको उनी बताउँछन् । आफ्ना एक अंकल स्पेनबाट आएपिच्छे नयाँ ट्याटूमा देखिने गरेको अनि आफू उनीबाट प्रभावित भएको एलीको भनाइ छ ।

मानिसहरूले आफ्नो लूक्सका बारेमा जे भनेपनि आफूलाई फरक नपर्ने एली बताउँछन् । आफ्नो परिवर्तनलाई आफूले मात्र बुझ्ने उनको दाबी छ ।एजेन्सी