फागुन १४,काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट भवनमा आगलागी भएको छ । बिहान पौने १० बजेतिर पाँचौं तलामा रहेको एनआइएसी ल्यांग्वेज सेन्टरमा आगलागी भएको हो ।

 

घटनास्थलमा रहेका महानगरिय प्रहरी वृत्त कमलपोखरीका डिएसपी कुलदिप चन्दका अनुसार आगो ९० प्रतिशत नियन्त्रणमा आइसकेको छ ।

आगो नियन्त्रणका लागि महानगरपालिका र नेपाली सेनाका ४  दमकलले प्रयास गरिरहेका छन् । आगलागीको कारण र क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ । आगो लागेपछि सो रुट भएर चल्ने सवारीसाधन डाइभर्ट गरिएको छ ।