१४ फागुन, पाल्पामा सञ्चालित पाल्पा प्रदेशस्तरीय महोत्सवमा रु एघार करोडको कारोबार भएको छ । यही फागुन ३ देखि १३ गतेसम्म सञ्चालित उक्त महोत्सवको करिब तीन लाख नागरिकले अवलोकन गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिए।

 

उक्त महोत्सवमा ४६२ कक्ष राखिएको थियो । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सञ्चालित सो महोत्सवले जिल्लाको पर्यटन क्षेत्रको विकासलाई सहयोग पुगेको श्रेष्ठले बताए ।

 

महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, पर्यटन, सांकृतिकलगायत विकासमा टेवा पुगेको उनको भनाइ छ ।