file photo

फागुन १३,त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा।डा। गोविन्द केसीले पदको दुरुपयोग गरेको भन्दै सत्तारूढ नेकपा एमालेको भातृ संगठनका एक नेताले अख्तियारमा उजुरी हालेका छन्।

 

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका केन्द्रीय श्रम तथा रोजगार विभागका सचिव विपिन ढकालले आइतबार केसीविरुद्ध अख्तियारमा उजुरी हालेका हुन्।ढकालले डा. केसीका विरुद्ध पाँच बुँदै आरोप लगाउँदै उनलाई कारबाहीको माग सकेत गरेका छन्।

 

सरकारी सेवामा हुँदा हुँदै पनि सेवाबाट बिमुख भई अस्पतालमा उपलब्ध हुने सेवा समेत प्रभावित हुने गरी सडक आन्दोलन गर्ने तथा सर्वोच्च अदालत तथा प्रधानन्यायाधीशको मर्यादा र गरिमामा आँच आउने विविध क्रियाकलाप गरेको आरोप पहिलो बुँदामा लगाएका छन्।

त्यसै शैक्षिक प्रमाण पत्र तथा सेवा आवेदन लगायतका विभिन्न ठाउँमा फरक फरक जन्म मिति राखेर अनुचित लाभ लिएको, ऐन कानुनभन्दा माथि आफूलाई देखाएर कानुन र विधिको शासनको धज्जी उडाएको, सरकार र सरकारी संयन्त्रलाई कमजोर देखाउन परिचालित भएको तथा विभिन्न निकायको क्षेत्राधिकारमा समेत हस्तक्षेप गर्ने खालका अभिव्यक्ति दिएको आरोप उक्त निवेदनमा लगाइएको छ।