१२ फागुन,कान्तिपुरका मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश गरेको छ। आइतबार बसेको प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सिरोहियालाई बयानको लागि उपस्थित हुन आदेश गरेको हो।

 

आदेशमा सिरोहिया आफै उपस्थित हुनुपर्ने र म्याद थप गर्न नपाउने उल्लेख गरिएको छ।

कान्तिपुर दैनिकमा केही समय अगाडि प्रधानन्यायाधीश पराजुलीको जन्ममितिबारे समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुङगानाले अवहेलना मुद्दा दर्ता गराएका थिए।