file photo

११ फागुन हेटौँडा,प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास र आर्थिक समृद्धि आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

जिल्ला समन्वय समिति र नीलकण्ठ नगरपालिकाले धादिङबेसीमा शुक्रबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री पौडेलले संघीयता नेपालकै लागि नयाँ प्रणाली भएको र कार्यान्वयनकै चरणमा रहेको बताए । सबैको नजर प्रदेश ३ मा रहेको बताउँदै उनले प्रदेशको समृद्धिमा पहिलो ध्यान जाने प्रष्ट पारे ।

 

प्रदेशका नीति, नियम अदृश्य रहेको बताउँदै मुख्यमन्त्री पौडेलले प्रदेशको अधिकार क्षेत्रभित्र गएर नीति नियम अनुसार सबैको अपेक्षा पुरा गर्न प्रयास गर्ने बताए । देश संघीयतामा गइसके पनि त्यसको भौतिक संरचना, कर्मचारी व्यवस्थापनमा जटिलता उत्पन्न भएको उनको भनाइ थियो ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद भूमि त्रिपाठी लगायतको उपस्थिति थियो ।