फागुन ५,अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले १३ जना रुसी नागरिकविरुद्ध सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गरेको आरोप लगाएको छ, एफबीआईले यी रुसी नागरिकले गैरकानुनी रुपमा अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएको हो ।

 

यीमध्ये तीन जनाले प्रविधिको सहायताले अरुको परिचय थाहा पाउने काम गरेको एफबीआईले बताएको छ ।त्यस्तै चुनावमा हस्तक्षेप गर्नेमा तीन रुसी कम्पनी पनि सामेल भएको बताइएको छ ।

 

चार्जसिटका अनुसार आरोपी रुसी नागरिकले आफूलाई अमेरिकी नागरिक भएको बताउँदै बैंक खाता खोलेको र राजनीतिक विज्ञापनका लागि हजारौँ डलर खर्च गर्दै अमेरिकामा राजनीतिक र्‍यालीको आयोजना गरेका थिए ।

 

त्यस्तै यीनीहरुले अमेरिकी नागरिकको नाममा नक्कली फेसबुक एकाउन्ट खोलेर राजनीतिक टिकाटिप्पणीसहित पोस्ट पनि गर्ने गरेका थिए ।उनीहरुले हिलारी क्लिन्टनको कदलाई सानो बनाउन हरसम्भव प्रयास गरेको बताइएको छ ।

 

आरोपी रुसी नागरिकले प्रतिमहिना १२ लाख ५० हजार डलर अमेरिकी चुनावलाई प्रभावित गर्न खर्च गरेको आरोप लागेको छ ।एजेन्सी