तस्बीर गुगल

केही दिन देखि सामाजिक सञ्जालमा केरलाकी कलाकार प्रिया प्रकाश भाइरल बनिरहेकी छिन् । उनको तस्बिर र भिडियोहरूले सामाजिक सञ्जालका भित्ताहरू भरिएका छन् । तर प्रियालाई समस्या थपिएको छ । उनी विरुद्ध हैदराबादमा उजुरी दर्ता भएको छ । मुस्लिमको एक युथ समूहले हैदराबाद पुलिस स्टेसनमा प्रियाको विरुद्ध उजुरी दर्ता गराएको हो ।

उक्त मुस्लिम युवाहरूको समूहले भिडियोले मुस्लिमहरूको भावनामाथि खेलबाड गरेको कारण उजुरी दर्ता गरेको बताएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको र बाँकी कुरा छानबिन पछि बताउने भारतीय मिडियाले उल्लेख गरेको छ ।न्युज२४बाट