
शुक्रबारबाट प्रदर्शनमा आएको अनमोल केसी अभिनित चलचित्र ‘कृ’ले शुरुवाती ब्यवसाय राम्रो गरेको छ । रिलिजको दोश्रो दिन शनिबार चलचित्रले देशभर राम्रो व्यापार गरेको छ ।
शनिबार बिहानैदेखि काठमाडौंका सिंगल र मल्टिप्लेक्स हलमा चलचित्रले राम्रो ब्यवसाय गरेको निर्माण युनिटले जनाएको छ । चलचित्रले गोपिकृष्ण मुभिजमा बिहानी शोमा ४ वटा हल हाउफूल रहेको बताइएको छ ।
त्यस्तै अष्टनारायण चलचित्र भवनले पनि ‘कृ’लाई ४ वटै पर्दा दिएको छ । काठमाडांै बाहिर पनि चलचित्रको व्यापार आक्रामक रहेको निर्माताको भनाई रहेको छ ।
अभिनेता अनमोल केसी र अभिनेत्री अदीति वुढाथोकी शनिबार काठमाडौका केही हलमा पुगेर दर्शकसँग भेटेका छन् । ६ बडिगाड सहित उनीहरु चलचित्र भवनमा पुगेका थिए । बडिगार्डको सुरक्षामा हल पुगेका अनमोल र अदीतिलाई दर्शकको भिडबाट निकाल्न हम्मेहम्मे परेको थियो ।
दर्शकको भीडमा अनमोलले ‘आउनुहोस् हामी सबै मिलेर राष्ट्रियताको बिषयमा ऐक्यवद्धता जनाउ’ भन्दै उनले राष्ट्रिय गान गाएका थिए ।
अनमोलले राष्ट्रिय गान गाउँदा उनीसँगै हलमा पुगेका दर्शकले पनि गाएका थिए । आफू र नेपाली चलचित्रलाई माया गरिदिएको भन्दै अनमोलले सबै फ्यानलाई धन्यवाद दिए ।
प्रेम र एक्सनको मिश्रण रहेको चलचित्रलाई बदलाको कथामा बनाइएको छ । सुवास गिरी र नायक भूवन केसीले मिलेर यो चलचित्र बनाएका हुन् । निर्माता सुवास गिरीले भने दर्शकको यो मायाले आफू झनै उत्साहित भएको बताए । चलचित्र सुरेन्द्र पौडेलले निर्देशनm गरेका हुन् । चलचित्रको पटकथा कमजोर रहेको भन्ने टिप्पणीहरु समेत आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।